Sangalo Khabar

धनकुटा, २९ मंसिर । धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर्न माग गर्दै जिल्लाबासीले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । ब्याङ्ग्यात्क रुपमा क्यान्डिल जुलुशदेखि जिल्ला बन्दसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो ।

आन्दोलनका कार्यक्रम अन्र्तगत शनिवार धनकुटा बजारमा क्यान्डिल जुलुश प्रदर्शन गरी बजार बन्द गरिनेछ । प्रादेशिक राजधानीका लागि हरेक हिसावले उपयुक्त रहेको धनकुटालाई सरकारले राजधानी घोषणा गर्न आँखा नदेखेको भन्दै ब्याङ्ग्यात्मक रुपमा क्यान्डिल जुलुश प्रदर्शन गर्न लागिएको हो ।

Advertisement
राजधानी घोषणाको माग गर्दै शुक्रवार धनकुटामा भएको प्रदर्शन । तस्वीर: रबिन कटेल/ संगालोखबर

आईतबार क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना दिएर प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँने र सोमबार धनकुटा बन्दको घोषणा गरिएको आन्दोलन संघर्ष मूल समितिका संयोजक उमेश घिमिरेले जानकारी दिएका छन् । उनका अनुसार आवश्यकता अनुसार आन्दोलनका कार्यक्रम थप गरिनेछ ।

यो पनि हेर्नुहोस् …

धनकुटामा प्रादेशिक राजधानी माग गर्दै वृहत जनप्रदर्शन (फोटो फिचरसहित)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement