- संगालोखबर सम्वाददाता

धनकुटा, ५ पुस । धनकुटा नगरपालिका क्षेत्रका पाँच बिद्यालयमा वालअधिकार शान्ति शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । यसबर्ष धनकुटा–२ भीरगाउँको श्रीमान टंक माध्यमिक बिद्यालय, ५ को सल्लेरी आधारभुत बिद्यालय, ७ को त्रिवेणी माध्यमिक बिद्यालय, ८ को देउराली आधारभुत विद्यालय र ९ को देउराली माध्यमिक बिद्यालयमा कार्यक्रम सञ्चालन गरिएको हो ।

सामुदायिक बिकास मञ्च धनकुटा र मानव अधिकार मञ्च ईलामको साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम संयोजक सावित्रा राईले संगालोखबरलाई जानकारी दिईन् । उनका अनुसार कार्यक्रम सञ्चालनका क्रममा बिद्यार्थीलाई अतिरिक्त कृयाकलापमा जोड दिदै उनीहरुको शारिरीक, मानसिक बिकासमा सहयोग पुर्याउँने गतिबिधि सञ्चालन गरिनेछ ।

Advertisement

बाल क्लव संरक्षक शिक्षकहरुलाई बालअधिकार र बालक्लव सञ्चालन सम्बन्धी तालिम सञ्चालन गरिने, स्थानीय सरोकारवाला पक्षहरुलाई बालबालिका लक्षित बजेट उनीहरुकै क्षेत्रमा खर्च गराउँन अभिमुखिकरण कार्यक्रम गरिने र स्थानीय बाल क्लवलाई प्रशिक्षण दिईनेछ ।

त्यस्तै पुस्तकालय स्थापनामा सहयोग गरी पुस्तकालय ब्यवस्थापन तालिम सञ्चालन गर्ने, भित्ते पत्रिका प्रकाशनको तालिम र प्रकाशन सामाग्रि प्रदान गरिने, बिद्यालयको बाल क्लवलाई प्राथमिक उपचार सामाग्रि प्रदान गर्ने, क्षेत्रीय तथा राष्ट्रिय स्तरका शिकाई आदान–प्रदान कार्यशाला गरिने लगायत गतिबिधि सञ्चालन हुँनेछ ।

धनकुटामा बिगत तीन बर्ष अघिदेखि यो कार्यक्रम सञ्चालन हुँदै आएको सामुदायिक बिकास मञ्चका कोषाध्यक्ष सूर्यकला खनालले बताईन् । धनकुटा नगरमा भने पहिलो पटक यो कार्यक्रम सञ्चालन भएको हो ।

यसअघि जिल्लाको छिन्ताङ, फाक्सिव, परेवादिन, महाभारत, हात्तिखर्क, भेडेटार, बुढिमोरङ, आँखिसल्ला, खोकु र चुङवाङका १० बिद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको सामुदायिक बिकास मञ्च धनकुटाले जनाएको छ ।

कार्यक्रम सञ्चालनका क्रमका तस्वीरहरु हेर्नुहोस्…

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!