- संगालोखबर सम्वाददाता

धनकुटा, ५ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणा गर्न माग गर्दै बुधबार बृहत जनप्रदर्शन गरिएको छ । ६ दिनयता जारी प्रदर्शनमा सहभागिको संख्या दैनिक बढ्दै गएको छ ।

बुधबार स्वतस्फुर्त रुपमा बजार पसल बन्द गरी धनकुटाबासी जुलुशमा सहभागि भएका थिए । १ बजेदेखि सुरु भएको ¥यालीमा सहभागि हुँन मध्यान्हदेखिनै बजार पसल बन्द गरी हजारौंको संख्यामा जिल्लाबासी सडकमा उत्रिएका थिए ।

धनकुटालाई प्रादेशिक राजधानी घोषणाका लागि दवावमूलक नारा लगाउँदै जिल्लाबासीले बजार परिक्रमा गरेका छन् । मदनचौकबाट सुरु भएको जुलुस बजारका बिभिन्न भागको परिक्रमा गर्दै पुनःत्यही आएर सभामा परिणत भएको थियो ।

धनकुटामा प्रादेशिक राजधानी माग्दै बुधबार भएको जनप्रदर्शन । तस्वीर: रबिन कटेल/संगालोखबर

सभालाई संबोधन गर्दै आन्दोलनका अभियान्ता द्रोर्णप्रसाद गुरागाई, बिजयसन्तोषी राई, सुन्दरवावु श्रेष्ठ, तारा तितुङ (कटेल) लगायतले धनकुटालाई तत्काल राजधानी घोषणा गर्न माग गर्दै धनकुटेलीको आन्दोलनलाई कम नआक्न सरकारलाई चेतावनी दिएका छन् ।

प्रशासनिक गौडा हुँदै यसअघि पूर्वाञ्चल बिकासक्षेत्रको सदरमुकामसमेत रहेको धनकुटामा पर्याप्त भौतिक पूर्वाधार, १४ वटै जिल्लाको केन्द्र भागमा पर्ने, उपयुक्त हावापानी, मजवुत सुरक्षा ब्यवस्था लगायत कारणले राजधानी घोषणा गरिनुपर्ने जिल्लाबासीको माग छ ।

थप तस्वीरहरु हेर्नुहोस् …

तस्वीरहरु: रबिन कटेल/संगालोखबर

भिडियो हेर्नुहोस्…

यो पनि हेर्नुहोस् …

धनकुटा नै प्रादेशिक राजधानी किन ? यस्ता छन आधारहरु

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!