- रबिन कटेल/संगालोखबर

धनकुटा, ३ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै जिल्लाबासीले आवहन गरेको आमहड्तालका कारण सोमबार दिनभर धनकुटाको जनजीवन प्रभावित भएको छ । आन्दोलन संघर्ष मूल समितिको आवहनमा यातायात, बजारपसल, शिक्षणसस्था, उद्योगधन्दा लगायत सम्पुर्ण ठप्प हुँदा जनजीवन प्रभावित बनेको हो ।

आमहड्तालका कारण दिनभर लामो तथा छोटो दुरीका कुनैपनि सवारी साधन सञ्चालन नहुँदा यात्रुको विचल्ली भयो । बन्दकर्ताले मोटरसाईकलसम्म चल्न नदिएपछि सास्ती बेहोर्नु परेको यात्रुहरुले गुनासो गरेका छन् । बन्द आवहन गर्दै सयौंको संख्यामा जिल्लाबासी सडकमा निश्किएका थिए ।

Advertisement

मदनचौक, हुलाकटोल, जिरोपईन्ट, फोक्लेण्डटापु, ढाट, सरस्वतीचौक लगायत दर्जनौ स्थानमा जिल्लाबासी निश्किएर यातायात ठप्प बनाएका हुन । बन्द गराउँन किश्किएका युवाहरुले प्रादेशिक राजधानी माग गर्दै आत्मारा स्थित कोशी राजमार्गमा टायर बालेर प्रदर्शन पनि गरेका छन् ।

प्रादेशिक राजधानीका लागि हरेक हिसावले धनकुटा उपयुक्त भएरपनि सरकारले राजधानी तोक्न आनाकानी गरेको भन्दै धनकुटाबासीले चरणबद्ध आन्दोलन गर्दै आएका छन् । यसअघि आईतबार क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना दिएर प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र पठाईएको छ ।

शुक्रवार धनकुटा बजारमा बृहत जनप्रदर्शन गरिएको थियो भने शनिवार ब्याङ्ग्यात्मक रुपमा मैनवत्ती जुलुश प्रदर्शन गरेर प्रादेशिक राजधानीका लागि जिल्लाबासीले दवाव दिएका छन् ।

प्रशासनीक गौडा हुँदै यसअघि पूर्वाञ्चल बिकासक्षेत्रको सदरमुकामसमेत रहेको धनकुटामा पर्याप्त भौतिक संरचना, उपयुक्त हावापानी, मजवुत सुरक्षा ब्यवस्था लगायत कारणले राजधानी घोषणा गरिनुपर्ने मागसहित धनकुटाबासीले पटक–पटक आन्दोलन गर्दै आएका छन् ।

बन्दका क्रममा देखिएका तस्वीरहरु हेर्नुहोस् …

तस्वीरहरु : रबिन कटेल/संगालोखबर

 

यो पनि हेर्नुहोस् …

धनकुटामा टायर बालेर प्रदर्शन (भिडियोसहित)

 

प्रादेशिक राजधानी माग गर्दै धनकुटा बन्द

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!