- संगालोखबर सम्वाददाता

धनकुटा, १ पुस । धनकुटाको महालक्ष्मी नगरपालिका–७ जीतपुरमा शनिवार एउटा घर जलेर नष्ट हुँदा करिव नौ लाख वरावरको क्षति भएको छ । आगोले धरमपानी (लहरेवर) टोलका भुवन पराजुलीको घर जलेर नष्ट भएको हो ।

आगलागीबाट घरसँगै लत्ताकपडा, अन्न लगायत जलेर नष्ट हुँदा अाठ लाख ७५ हजार बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Advertisement

घर नजिकै झ्यास डढाउँने क्रममा अपरान्ह करिव ४ बजेबाट घरमा आगो सल्किएको थियो ।

स्थानीयबासी र जीतपुर प्रहरी चौकीबाट गएको प्रहरी टोलीले करिव दुई घण्टा पछि साँझ ६ बजे आगो नियन्त्रणमा लिएका छन् । आगलागीबाट घरसँगै सवै सामान जलेर नष्ट भएकाले बिचल्ली भएको पीडित परिवारले जनाएको छ ।

यसअघि प्रकाशित समाचार पनि हेर्नुहोस् …

धनकुटाको जीतपुरमा आगलागी, आगो नियन्त्रणको प्रयास जारी (फोटो फिचरसहित)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!