संगालोखबर सम्वाददाता

धनकुटा, १ पुस । धनकुटाको महालक्ष्मी नगरपालिका–७ जीतपुरको एक घरमा आज अपरान्ह आगलागी भएको छ । धरमपानी टोलका भुवन पराजुलीको घरमा अपरान्ह ४ बजेबाट आगो सुरु भएको हो ।

यो समाचार तयार पार्दा सम्म आगो नियन्त्रणको प्रयास जारी छ । स्थानीयबासीले आगो नियन्त्रणको प्रयास गरिरहेको स्थानीय किसन ढकालले संगालोखबरलाई बताएका छन् ।

Advertisement
घरमा लाग्दै गरेको आगो ।

‘गाउँले भेला भएर आगो निभाउँदैछौ ।’ ढकालले संगालोकर्मीसँग भने ‘घरको आधा भन्दा बढी भाग जलिसक्यो, अझै आगो नियन्त्रण भएको छैन ।’

घटनाको विस्तृत विवरण आउँन वाँकी छ । जीतपुर प्रहरी चौकीबाट प्रहरी घटनास्थल तर्फ जाँदै गरेको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिएका छन् ।

आगलागीका थप तस्वीरहरु हेर्नुहोस्…

अपडेट समाचार हेर्नुहोस् …

जीतपुरमा घर जल्दा नौ लाखको क्षति

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!