- संगालोखबर सम्वाददाता

धनकुटा, ४ पुस । तुलसीमेहर मेमोरियल ईङ्लिस बोडिङ स्कुलले धनकुटामा सञ्चालित प्रथम अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ । धनकुटाको तल्लो टुडिखेलमा मंगलबार भएको फाईनलमा त्रिवेणी माध्यमिक बिद्यालयलाई ६३ रनले पराजित गर्दै तुलसीमेहरले उपाधी चुमेको हो ।

टस जितेर ब्याटिङ रोजेको तुलसीमेहरले निर्धारित १५ ओभरमा ५ विकेट गुमाएर १ सय २३ रनको योगफल बनाएको थियो । तुलसीका लागि निकेसवावु महतले सर्वाधिक ३५ रन र अमोग प्रधानले २१ रन बनाए ।

Advertisement

त्रिवेणीले १ सय २४ रनको लक्ष पछ्याउँने क्रममा १२ ओभर खेल्दै ६० रनमा सवै विकेट गुमाएको थियो । जसमा तुलसीमेहरका निर्मल अधिकारी र विशेस कटेलले समान ३/३ विकेट लिएका थिए ।

बिजयी तुलसीमेहरले १० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ भने उप–बिजेता त्रिवेणीले ५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । खेलको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याट्समेन तुलसीमेहरका निकेसवावु महत घोषित भए । तुलसी मेहरकै निर्मल निरौला उत्कृष्ठ बलर बन्न सफल भए ।

त्यस्तैगरी निजामती आवासिय बिद्यालयका जोयल ल्वागुन र मदरल्याण्ड बोडिङ स्कुल हिलेका सन्देश थापा उदयमान खेलाडीको रुपमा पुरस्कृत भए ।

बिजयी टिमलाई धनकुटा नगरपालिका–३ का वडाध्यक्ष विकास घिमिरे, जिल्ला खेलकुद विकास समितिका नविन प्रधान र धनकुटा क्रिकेट क्लवका अध्यक्ष अविनास श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।

धनकुटा क्रिकेट क्लवको आयोजनमा तीन दिनसम्म सञ्चालित प्रतियोगितामा उपाधीका लागि ८ टिम वीच प्रतिस्प्रधा भएको धनकुटा क्रिकेट क्लवका कोषाध्यक्ष तथा खेल संयोजक निपेन श्रेष्ठले संगालोखबरलाई जानकारी दिएका छन् ।

थप तस्वीरहरु हेर्नुहोस् …

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!