संगालोखबर सम्वाददाता

धनकुटा, २ पुस । धनकुटा जिल्ला अस्पतालमा पहिलो पटक अत्याधुनिक भिडियो एक्सरे सेवा सुरु भएको छ । विगतमा सामान्य स्तरको भिडियो एक्सरे सेवा उपलब्ध हुँदै आएको भएपनि अहिले अत्याधुनिक भिडियो एक्सरे सेवा सुरु गरिएको हो ।

सामान्य स्तरको एक्सरे सञ्चालन गर्दा सेवाग्राहिबाट असहज भएको गुनासो आएसंगै अत्याधुनिक सेवा थालिएको अस्पतालका वरिष्ट मेडिकल सुपरिटेन्डेन्ट तथा जिल्ला स्वास्थ्य प्रमुख डाक्टर फणिन्द्र बरालले जानकारी दिएका छन् । उनका अनुसार धनकुटा नगरपालिकाले उपलब्ध गराएको २५ लाख बजेटबाट भिडियो एक्सरे खरिद गरिएको हो ।

Advertisement

अस्पतालले गरेको नियमित गतिविधिबारे जानकारी दिन आइतवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त जानकारी दिइएको हो । गर्भवती जाच लगायतका स्वास्थ्य सेवाका लागि भिडियो एक्सरे प्रभावकारी हुने जनाईएको छ । नीजि स्वास्थ्य संस्थामा महंगो शुल्क तिर्नुपर्ने वाध्यतामा रहेका सर्वसाधारणले अब जिल्ला अस्पतालबाटै सरल शुल्कमा सेवा लिन पाउने छन् ।

भिडियो एक्सरे गर्दै अस्पताल प्रमुख डा.बराल ।

एक्सरे सञ्चालनको लागि दक्ष प्राविधिक तथा चिकित्सकसमेत सम्लग्न हुदै आएका छन् । धनकुटा अस्पतालमा छिमेकी जिल्ला भोजपुर, संखुवासभा, तेह्रथुम, पाँचथर लगायत जिल्लाबाट पनि विरामीहरु उपचारका लागि आउँने गरेका छन् ।

यसैगरी अस्पतालमा विगत दुई महिनाको अवधिमा १४ जनाको शल्यक्रिया गरिएको छ । २ जनाको एपेन्डीसाईटिस, हर्निया लगायतको शल्यक्रिया गरिएको हो । पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य कार्यालयका फोकल पर्सन गोकुल भण्डारीले जिल्लाभरका स्वास्थ्य संस्थाले गर्दै आएका गतिविधिबारे समेत जानकारी दिएका थिए ।

सुरक्षित मातृत्व, स्वासप्रश्वास रोग निदान, ५ वर्ष मुनिका बालबालिकालाई झाडापखाला रोग नियन्त्रण, सुत्केरीपछिको जाँच, भिटामिन कार्यक्रम, निःशुल्क औषधी वितरण लगायतका सेवा सञ्चालन गरिदै आएको अस्पतालले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!