धनकुटामा स्वाब लिन ल्याबको टोलीसहित आए मन्त्री घिमिरे, ८३ जनाको स्वाब संकलन (भिडियोसहित)
धनकुटा । कोरोना परीक्षणका लागि सोमबार धनकुटाका ८३ जनाको स्वाब संकलन गरिएको छ । जिल्ला अस्पतालमा कार्यरत ३४ बर्षीया स्वास्थ्यकर्मी महिलामा आईतबार कोरोना संक्रमण पुष्टि भएसँगै उनको सम्पर्कमा पुगेकाहरुको स्वाब संकलन गरिएको हो ।
स्वाब संकलनका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशकसहितको टोली लिएर प्रदेश नं.१ का सामाजिक विकास मन्त्री जीवन घिमिरे धनकुटा आएका छन् । स्वास्थ्यकर्मीमा संक्रमण देखि...































