संगालोखबर


सुनसरी । जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका फरार प्रतिवादी लागूऔषधसहित पक्राउ परेका छन् । प्रहरीले इटहरी-८ का ३२ वर्षीय भीम विस्वास चौधरीलाई पक्राउ गरेको हो ।

मङ्गलबार दिउँसो करिब १ बजे इटहरी-४ स्थित इटहरी मेडिकल छेउमा लागूऔषध बिक्री-वितरण भइरहेको भन्ने विशेष सूचनाका प्रहरीलाई आएको थियो । सोही आधारमा खटिएको प्रहरी टोलीले एक सय ८० मिलिग्राम ब्राउन सुगरसहित उनलाई नियन्त्रणमा लिएको हो ।

Advertisement

प्रहरीले उनले प्रयोग गर्ने प्रदेश नम्बर १-०२-०४४ प ८१५२ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । उनी भदौ २४ गते जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएको खुलेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनी चोरी मुद्दामा सजाय भुक्तान गरिरहेका थिए । उनलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!