
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई बन्ध्याकरण गर्ने भएको छ । सङ्घीय सरकारले बाँदर नियन्त्रणसम्बन्धी कार्यविधि तयार गरिरहेकै अवस्थामा गाउँपालिकाले सङ्घीय सरकारसँगको समन्वयमा बाँदरलाई बन्ध्याकरण गर्ने भएको हो ।
गाउँपालिकाले गाउँसभाको १९ औँ अधिवेशनमार्फत आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रममा बाँदर नियन्त्रणका लागि अध्ययन, अनुसन्धान र बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने योजना समावेश गरेको छ ।
गाउँपालिकाका अनुसार बन्ध्याकरण विधिमार्फत बाँदरको प्रजनन दर नियन्त्रण गरी दीर्घकालीन समाधान खोज्ने लक्ष्य राखिएको छ । यसका लागि प्राविधिक जनशक्ति परिचालन, आवश्यक उपकरण व्यवस्थापन तथा सम्बन्धित निकायसँग सहकार्य गरिने गाउँपालिकाले जनाएको छ ।
पहिलो चरणमा खोज तथा अध्ययन गर्न गाउँपालिकाले पाँच लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको छ ।

संगालोखबर 



















