संगालोखबर
तस्बिर : एआईको सहयोगमा

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका-५ रातामाटामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । ४१ वर्षीय यमबहादुर कुमालले ३७ वर्षीया श्रीमती मुना कुमाललाई दाउराको चिर्पट प्रहार गरेर हत्या गरेका हुन् ।

गम्भीर घाइते भएकी मुनालाई अचेत अवस्थामा उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाइएको थियो । उनको उपचारकै क्रममा आज बिहान चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

Advertisement

घटनामा संलग्न यमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा यमबहादुरले मदिरा सेवन गरेको अवस्थामा श्रीमतीमाथि कुटपिट गरेको खुलेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!