सुनसरीको बराहक्षेत्रबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ तल्लो बगुवा टोलबाट भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई गएराति तीन नाल भरुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सोही ठाउँ बस्ने ४४ वर्षीय मन बहादुर राई र ४२ वर्षीय राजेन्द्र राई पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले सोही स्थानका ४० वर्षीय सुमन राईको भान्...


























