जेनजी आन्दोलन : विराटनगर महानगरपालिकामा एक अर्बको क्षति
विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगर महानगरपालिकामा एक अर्ब बराबरको क्षति भएको छ । गत भदौ २४ गते भएको आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटका हुँदा सो मूल्य बराबरको क्षति भएको हो ।
मेयर नागेश कोइरालाका अनुसार भौतिक संरचनातर्फ २३ करोड ३७ लाख ५८ हजार दुई ३४ रुपैयाँ बराबरको क्षति भएको छ । जुन महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ मा भएको क्षति हो ।
त्यस्तै जिन्सी सामग्रीतर्फ...































