
विराटनगर । मोरङका ६ वटै क्षेत्रमा हालसम्म १५ प्रतिशत बढी मतदान भएको छ । जिल्लाका ८ सय ८८ मतदानस्थलमा १ लाख १७ हजारभन्दा बढी मतदान भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मोरङमा ७ लाख ८३ हजार ५० मतदाता छन् । क्षेत्र नम्बर १ मा १०, २ मा १६, ३ मा १०, ४ मा १६, ५ मा २१ र ६ मा १६ प्रतिशत बढी मतदान भएको छ ।

संगालोखबर 















