
विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-१० स्थित पूर्व-पश्चिम राजमार्गमा भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टि भएको छ ।
आज अपरान्ह १२ः१५ बजे सडकको उत्तर साइडमा कालो टेपले बेरेको र कालो तार बाहिर निकालिएको अवस्थामा भेटिएको बस्तु बम नभएको पुष्टि भएको हो ।
नेपाली सेनाको टोलीले डिस्पोज गर्ने क्रममा उक्त वस्तु बम नभएको पत्ता लागेको मोरङ प्रहरीका सूचना अधिकारी हरिनन्दन चौधरीले संगालोखबरलाई जानकारी दिए । प्रहरीका अनुसार शंकास्पद भनिएको बस्तु रंगको बट्टा भएको र त्यसमा बालुवा भरेर टेपले बाँधेर राखेको अवस्थामा फेला परेको थियो ।

संगालोखबर 















