खोटाङमा स्थानीय विषयको पाठ्यक्रम परिमार्जन गरिँदै
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्थानीय विषयको पाठ्यक्रम परिमार्जन गर्ने भएको छ । यसका लागि आवश्यक प्रक्रिया सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
२०७८ सालमा लागू गरिएको स्थानीय विषयको पाठ्यक्रम अधुरो रहेको भन्दै त्यसलाई परिमार्जन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको शिक्षा शाखाका नानीराम आचार्यका अनुसार संघीयताको अनुभूति दिने गरी जातजाति, भाषाभाषी, संस्कृतिलाई समे...