चौबिसे गाउँपालिकाको बजेट ३६ करोड : शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकता
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकतामा राखेर ३६ करोड ४७ लाख ९१ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।
बजेटमा आन्तरिक आयतर्फ १८ करोड ७६ लाख ९१ हजार र सशर्ततर्फ १७ करोड ७१ लाख छ । शिक्षातर्फ १ करोड २० लाख ९० हजार र स्वास्थ्यमा ५६ लाख ४४ हजार विनियोजन गरिएको छ ।
त्यस्तै कृषितर्फ ५५ लाख, पशुमा २० लाख, खेलकुद तथा सांस्कृतिक ...





























