
धनकुटा । धनकुटामा वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर सुरु भएको छ । आर्थिक अभावका कारण उपचारबाट बन्चित विरामीहरुलाई लक्षित गरेर अलोहा मिसन हवाइ अमेरिकाको प्रविधिक सहयोगमा जिल्ला अस्पताल धनकुटामा ६ दिने शिविर आयोजना गरिएको हो ।
पूर्व मन्त्री एवं सांसद राजेन्द्र कुमार राई, कोशी प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रमणि पराजुली, प्रदेश संसाद निरन राई, संविधान सभा सदस्य मनोहर नरायण श्रेष्ठ, धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ र अमेरिकन डाक्टर टिम लिडर क्रिस्टोफर क्लेमले संयुक्त रुपमा रिवन काटेर शिविर उद्घाटन गरेका छन् ।

कात्तिक १४ गते सम्म सञ्चालन हुने शिविरमा हर्निया, हाइड्रोशिल, पित्तथैलीको पथरिया, मुत्रथैलीको पथरिया, अण्डाशयको पानी फोका, पाठेघर झरेको, पायल्स, लिङ्गमा छाला टाँसिएको, थाइराइड र गाँठागुठीको शल्यक्रिया गरिनेछ ।
यस्तै आवश्यकता भएका व्यक्तिलाई कृतिम हात पनि लगाइनेछ । शिविरमा ४५ जना विदेशी र २० जना स्वदेशी स्वास्थ्यकर्मीहरुको टोली उपचारमा खटिएको छ ।

सन्तोष सुवेदी/संगालोखबर 
























