प्रधानमन्त्री दाहालद्वारा विराटनगरमा ‘श्रमाधान रोजगार मेला’ उद्घाटन
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले ‘श्रमाधान रोजगार मेला’ को उद्घाटन गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजना सुरु भएको मेलाको बिहीबार विराटनगरको सिटी प्यालेस होटलमा आयोजित कार्यक्रममा उनले उद्घाटन गरेका हुन् ।
कोशी प्रदेशमा रोजगार मेला भोलि शुक्रबारसम्म सञ्चालन हुने छ । कोशी प्रदेशबाट सुरु भएको मेला अन्य सबै प्रदेशमा आयोजना हुँदै बागमती प्रदेशमा ३० गते समापन गरिने...






























