झापामा सयपत्री फूलको माग बढ्यो
झापा । तिहार नजिकिएसँगै झापामा सयपत्री फूलको माग बढेको छ । झापामा व्यवसायिक फूल खेती गर्दै आएका कृषकहरूसँग उपभोक्ताले तिहार अगाडि नै फूलको माग गर्न थालेका छन् ।
बिर्तामोड नगरपालिका-९ की सुष्मा भण्डारी व्यवसायिक फूलखेती गर्दै आएकी छन् । उनले १० कठ्ठा जमिनमा फूल लगाएकी छिन् । तर वर्षाका कारण धेरै बिरुवा मरेका कारण सोचेजति फूल फुलाउन नसकिएको उनले बताइन् । उनले बजारमा फूलसँगै मालाको पनि माग धेरै भए...


















