विराटनगर । आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५० हजार तीन सय रुपैयाँ कायम भएको छ ।
हिजो सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँ घटेर एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुनको मूल्य तोलामा एक लाख ५० हजार पाँच सय रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य तोलामा एक हजार आठ सय ४५ रुपैयाँ कायम भएको छ ।
हिजो तोलामा २५ रुपैयाँ घटेको चाँदी एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदी तोलामा एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।