संगालोखबर


विराटनगर । आज सेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ । आज नेप्से १९ दशमलव ९७ अङ्कले बढेर दुई हजार सात सय ५८ दशमलव शून्य चार विन्दुमा पुगेको छ । आज बैंक, विकास बैंक, फाइनान्स र अन्य बाहेक सबै समूहको सेयर बढेकोमा होटल, बीमा, व्यापार समूहको सेयर उच्च अङ्कले बढेको छ ।

आज तारागाउँ रिजेन्सी होटल, विशाल बजार, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन नेपाल फाइनान्स कम्पनीको सेयर आठ प्रतिशतले घटेको छ ।

Advertisement

आज तीन सय १४ वटा कम्पनीका दुई करोड ३० लाख कित्ता सेयर १० अर्ब ५४ करोड रुपैयाँमा किनबेच भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!