संगालोखबर


विराटनगर । आज सेयर बजार परिसूचक नेप्से उच्च अङ्कले घटेको छ । नेप्से आज ५१ दशमलव ३७ अङ्कले घटेर दुई हजार ६ सय ३० दशमलव ९१ विन्दुमा झरेको छ । आज विकास बैंक, फाइनान्स, होटल, जलविद्युत, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको सेयर उच्च अङ्कले ओरालो लागेको हो ।

जानकी फाइनान्स कम्पनीको सेयर सबैभन्दा धेरै साढे नौ प्रतिशतले घटेको छ । कुथेली बुखारी हाइड्रोपावर कम्पनीको सेयर भने १० प्रतिशतले बढेको छ ।

Advertisement

आज तीन सय चार वटा कम्पनीका एक करोड २७ लाख कित्ता सेयर पाँच अर्ब ९३ करोड रुपैयाँमा कारोबार भएको छन् । आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको २६ करोड रुपैयाँको सेयर किनबेच भयो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!