धनकुटामा बढ्यो तरकारी उत्पादन
धनकुटा । धनकुटामा तरकारी उत्पादन वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा तरकारी उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषकहरू व्यवसायिक कृषि कर्ममा लाग्ने क्रम बढेपछि तरकारी उत्पादन वृद्धि भएको पाइएको हो ।
गत आर्थिक वर्ष १ लाख ३७ हजार ४ सय ४८ मेट्रिकटन तरकारी उत्पादन भएको छ । त्यस अघिको वर्ष १ लाख ३३ हजार ५ सय ९५ दशमलव ५० मेट्रिक टन तरकारी उत्पादन भएको क...























