सेयर बजार बढ्यो, कारोबार रकम घट्यो
विराटनगर । आज सेयर बजार परिसूचक नेप्से बढेको छ । आज नेप्से १५.८३ अङ्कले बढेर दुई हजार ६ सय ८३ दशमलव २४ विन्दुमा पुगेको छ । आज नेप्से बढे पनि कारोबार रकममा भने घटेको छ ।
आज तीन सय नौ वटा कम्पनीको एक करोड २२ लाख कित्ता सेयर ६ अर्ब ३४ करोड रुपैयाँमा किनबेच भएको छ । हिजो सात अर्ब ७२ करोडको सेयर कारोबार भएको थियो ।
आज उत्पादन र म्युचुअल फन्ड बाहेक सबै समूहको सेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल,...























