संगालोखबर


विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल पब्लिक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफा तथा सञ्चितबाट चुक्ता पुँजीको करसहित २ सय प्रतिशतका दरले ६० करोड रुपैयाँ सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न नोबेलले पुस ९ गते कम्पनीको रजिष्टार कार्यालय विराटनगरमा बिहान ११ बजे वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको साधारणसभाले अस्पतालको स्तर वृद्धिका लागि आवश्यक पर्ने श्रोत साधन जुटाउन बैंकबाट कर्जा लिन सञ्चालक समितिलाई अधिकार प्रदान गर्नेछ ।

Advertisement

कम्पनीको व्यवसाय विस्तारका लागि समान उद्देश्य भएका विभिन्न कम्पनी, अस्पताल र शिक्षण संस्थाहरू तथा अन्य उद्देश्य भएका (हाइड्रो इनर्जी, सोलार इनर्जी, पर्यटन उद्योग) लगायतका विभिन्न कम्पनीहरू खरिद गर्न तथा त्यस्ता कम्पनीहरूको सेयरमा लगानी गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्नेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!