संगालोखबर
.

झापा । काँकडभिट्टा नाकाबाट कृषिजन्य बस्तुको निर्यात बढेको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा आयात भन्दा निर्यात बढेको हो ।

उक्त अवधिमा सात अर्ब ८२ करोड ५५ लाख चार हजारको कृषि बाली भारत निर्यात भएको भने ७९ करोड ६३ लाख १० हजारको कृषि बाली आयात भएको छ ।

Advertisement

चार अर्ब ४८ लाखको चिया, एक अर्ब ५५ करोडको अलैँची, एक अर्ब पाँच करोडको प्लाई तथा भेनियर, ३३ करोड ९६ लाखको अम्लिसो, २० करोड ५५ लाखको अदुवा भारत निर्यात भएको कार्यालयले जनाएको छ ।

यस्तै छ करोड ४८ लाखको बन्दाकोपी, एक करोड ५५ लाखको मसुरो दाल, ५१ लाख १९ हजारको जडीबुटी र ११ करोड ५३ लाखको अन्य कृषि बाली भारत निर्यात भएको छ ।

सोही अवधिमा २२ करोड ३१ लाखको गेडागुडी, १५ करोड ३० लाखको आलु, १४ करोड १३ लाखको ताजा फलफूल आयात भएको कार्यालयको तथ्याङ्कले देखाउँछ ।

यस्तै ११ करोड सात लाखको लसुन, छ करोड ४४ लाखको कोदो, पाँच करोड ३४ लाखको सागसब्जी र पाँच करोड दुई लाखको अन्य कृषि बाली आयात भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!