संगालोखबर

विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो । आज राति १२ बजेबाट लागू हुनेगरि पेट्रोलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

Advertisement

निगमले देशका विभिन्न क्षेत्रलाई पहिलो, दोस्रो र तेस्रो वर्गमा वर्गीकृत गरेर फरक-फरक मूल्यमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने गरेको छ ।

जस अनुसार पहिलो बर्गमा रहेको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज आसपास क्षेत्रमा पेट्रोलको मूल्य १ सय ५७ रुपैयाँ ५० पैसा पर्नेछ ।

दोस्रो वर्गमा रहेको सुर्खेत र दाङ क्षेत्रमा १ सय ५९ र तेस्रो वर्गमा रहेको काठमाडौँ, पोखरा र दीपायल क्षेत्रमा १६० रुपैयाँ मूल्य पर्ने निगमले जनाएको छ ।

यता, हवाई इन्धनमा आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर १५ डलरले मूल्यवृद्धि गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!