विराटनगर । सेयर बजार परिसूचक नेप्से आज पनि दोहोरो अङ्कले बढेको छ । नेप्से आज १७ दशमलव ८० अङ्कले बढेर दुई हजार सात सय ७५ दशमलव ८५ विन्दुमा पुगेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो साढे १० अर्बको कारोबार भएकोमा आज तीन सय सात वटा कम्पनीका एक करोड ८१ लाख कित्ता सेयर आठ अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ ।
आज बैंक, विकास बैंक, होटल, लगानी, माइक्रोफाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको सेयर बढेको छ । फाइनान्स, जलविद्युत्, बीमा, व्यापार समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज दिव्यश्वरी, इन्ग्वा, खानीखोला, जोशी र सुपर माई हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन अपर स्यान्डे हाइड्रोपावर कम्पनीको सेयर भने साढे नौ प्रतिशतले घटेको छ ।
हिजो साढे १० अर्बको कारोबार भएकोमा आज तीन सय सात वटा कम्पनीका एक करोड ८१ लाख कित्ता सेयर आठ अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ ।