विराटनगर । आज सेयर बजार परिसूचक नेप्से सामान्य अङ्कले घटेको छ । हिजो उच्च अङ्कले बढेको नेप्से आठ दशमलव ३० अङ्कले घटेर दुई हजार सात सय ४८ दशमलव शून्य पाँच विन्दुमा झरेको हो ।
आज विकास बैंक, जीवन बीमा र लगानी बाहेक सबै समूहको सेयर घटेकोमा होटल, जलविद्युत्, उत्पादन, निर्जीवन बीमा समूहको सेयरमा उच्च गिरावट आएको छ ।
आज मानुषी लघुवित्त कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी र विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर भने १० प्रतिशतले बढेको छ ।
आज तीन सय सात वटा कम्पनीका एक करोड ६६ लाख कित्ता सेयर आठ अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएको छ ।