एनपीएल उद्‌घाटन खेलमा आज विराटनगर किङ्स र जनकपुर वोल्ट्स भिड्दै

एनपीएल उद्‌घाटन खेलमा आज विराटनगर किङ्स र जनकपुर वोल्ट्स भिड्दै

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजबाट काठमाडौंमा सुरु हुँदैछ । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुने प्रतियोगिताको उद्‌घाटन खेलमा आज विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दैछन् । नेपाल क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगितामा आठ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् । विराटनगर किंग्सको कप्तानी ले...
प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आज जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो । प्रसाईंलाई प्रहरीले मंसिर ४ गते भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो । प्रसाईँले प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै डकुमेन्टसहितको एक भिडियो सार्वजनिक गरेका थिए । उनी फेक डकुमेन्ट सार...
फिफा वरीयतामा नेपालको एक स्थान सुधार

फिफा वरीयतामा नेपालको एक स्थान सुधार

विराटनगर । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सार्वजनिक गरेको पुरुष फुटबलको विश्व वरीयताअनुसार नेपालले एक स्थान सुधार गरेको छ । नेपाल एक स्थान सुधार गर्दै फिफा वरियताको एक सय ७५ औं स्थानमा आइपुगेको छ । यसअघि नेपाल एक सय ७६ औं स्थानमा रहेको थियो । सार्क देशमा नेपालभन्दा माथि भारत १ सय २७ औं, अफगानिस्तान १ सय ५५ औं र माल्दिभ्स १ सय ६२ औं स्थानमा छन् । नेपालभन्दा तल भुटान १ सय ८२ औं, बङ्गलादेश...
रामेछापमा गाडी दुर्घटना, पाँच जनाको मृत्यु

रामेछापमा गाडी दुर्घटना, पाँच जनाको मृत्यु

विराटनगर । रामेछापमा सुमो गाडी दुर्घटना भएको छ । दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रामेछाप प्रहरीका अनुसार अन्य तीन जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको खुलेको छ । काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको ना १ ज ७१२३ नम्बरको सुमो केहीबेर अगाडि सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो । घटनाको थप विवरण आ...
यू-१९ एसिया कप : नेपालले पायो २३४ रनको लक्ष्य

यू-१९ एसिया कप : नेपालले पायो २३४ रनको लक्ष्य

विराटनगर । यू–१९ एसिया कपमा पहिलो खेल श्रीलंकासँग खेलिरहेको नेपालले जितका लागि २३४ रनको लक्ष्य पाएको छ । युएईमा आजदेखि सुरु भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनायो । श्रीलंकाका सरुजन सनमुगनाथनले सर्वाधिक ६२ रन बनाउँदा लकविन अभेसिङ्गेले ५० रन बनाए भने कविजा गमागेले ३७ रन बनाए । नेपालका सन्तोष यादवले १० ओभरमा ४५ रन दिँदै ४ विकेट लिन सफल भए ।...
घरमा छापा हानेर प्रहरीले बरामद गर्‍यो भन्सार छलीको कपडा

घरमा छापा हानेर प्रहरीले बरामद गर्‍यो भन्सार छलीको कपडा

विराटनगर । विराटनगर-१५ स्थित एक घरबाट प्रहरीले भन्सार छलीको कपडा बरामद गरेको छ । आज बिहान मसुदन खातुनको घरबाट प्रहरीले जोगबनीबाट भन्सार छलेर ल्याएको कपडा बरामद गरेको हो । भन्सार छलेर ल्याएको कपडा लुकाएर राखिएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खातुनलाई समेत नियन्त्रणमा लिएको छ । घरभित्रबाट प्लाष्टिकको बोरामा प्याक गरेर राखिएको अवस्थामा तीन हजार छ सय ६० ज...
कोशीमा स्वास्थ्य मन्त्रालयले खरिद गरेका उपकरण बिग्रिए

कोशीमा स्वास्थ्य मन्त्रालयले खरिद गरेका उपकरण बिग्रिए

विराटनगर । कोशी प्रदेशमा स्वास्थ्य मन्त्रालयले खरिद गरेका उपकरण बिग्रिएका पाइएको छ । भौतिक पूर्वाधारसँगै स्वास्थ्य मन्त्रालयको समेत जिम्बेवार सम्हालिरहेका मन्त्री भूपेन्द्र राईले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै विभिन्न उपकरण बिग्रिएका पाइएको जानकारी गराएका हुन् । जिल्ला अस्पताल झापा, उदयपुर, सोलुखुम्बु, खोटाङ, तेह्रथुम, संखुवासभा, ओखलढुङ्गा, पाँचथर र मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेक...
संखुवासभामा सुतेकै अवस्थामा मजदुर मृत भेटिए 

संखुवासभामा सुतेकै अवस्थामा मजदुर मृत भेटिए 

संखुवासभा । संखुवासभामा एक जना मृत भेटिएका छन् । खाँदबारी नगरपालिका-१ स्थित होटलमा सुतेको अवस्थामा सल्यान घर भएका अन्दाजी ३४ वर्षीय एकराज चलाउने मृत भेटिएका हुन् । संखुवासभा प्रहरीका प्रवक्ता इन्स्पेक्टर रामकुमार लामिछानेका अनुसार चलाउने हिजो मात्रै खाँदबारी आइपुगेका थिए । उनले संगालोखबरसँग भने, ‘उहाँ सडकमा काम गर्ने मजदुर हुनु हुँदो रहेछ । हिजो मात्रै समूहमा आएर होटलमा बास बस्नुभएको रहेछ । बि...
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

विराटनगर । आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार छ सय रुपैयाँले बढेको हो । आज सुनको मूल्य तोलामा एक लाख ५० हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मूल्य एक लाख ४९ हजार तीन सय रुपैयाँ कायम भएको थियो । हिजो सुन तोलामा तीन सय रुपैयाँले घटेको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक...
राष्ट्रिय जनस्वास्थ्य दिवसमा देशभर कार्यक्रम हुने

राष्ट्रिय जनस्वास्थ्य दिवसमा देशभर कार्यक्रम हुने

विराटनगर । जनस्वास्थ्यकर्मी छाता सङ्गठन नेपाल  जनस्वास्थ्य सङ्घले स्थापना दिवसको अवसरमा देशैभर विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ । मंसिर २३ गते पर्ने स्थापना दिवसमा सात वटै प्रदेशमा कार्यक्रम गर्ने विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको हो । मंसिर १४ देखि २० गतेसम्म ७ वटै प्रदेशको राजधानीमा कार्यक्रम गर्ने जनाइएको छ । वर्तमान अवस्थामा प्रदेशको स्वास्थ्य अवस्था र आगामी रणनी...
खनारमा मोटरसाइकल र स्कुटर जुध्दा ससुराको मृत्यु, बुहारीसहित तीन घाइते

खनारमा मोटरसाइकल र स्कुटर जुध्दा ससुराको मृत्यु, बुहारीसहित तीन घाइते

सुनसरी । इटहरी उपमहानगरपालिका-१३ खनारमा मोटरसाइकल र स्कुटर ठोक्किँदा ससुराको मृत्यु भएको छ । बुहारीसहित तीन जना घाइते भएका छन् । खनारस्थित कालीमन्दिर अगाडि उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०२-०५६ प ७५५६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएर बाटो क्रस गर्दै गरेको मे ४ प ८९१ नम्बरको स्कुटर आपसमा ठोक्किएका हुन् । दुर्घटनामा परी स्कुटर चालक स्थानीय ५४ वर्षीय गोपाल रिजालको मृत्यु भएको छ । ...
धनकुटामा राज्यमन्त्री राई सवार गाडी दुर्घटना

धनकुटामा राज्यमन्त्री राई सवार गाडी दुर्घटना

धनकुटा । कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री सिर्जना राई सवार गाडी धनकुटाको पाख्रीवास नगरपालिका-५ दियालेमा दुर्घटना भएको छ । भोजपुरबाट विराटनगर जाने क्रममा राज्यमन्त्री राई सवार प्रदेश नम्बर १-०४-००१ झ १००३२ नम्बरको स्कारपियो गाडी आज साँझ करिब ६ः३० बजे दुर्घटना भएको हो । गाडीको अगाडिको भाग सडकको नालीमा खसेको धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए ...
सेयर बजारमा सामान्य गिरावट

सेयर बजारमा सामान्य गिरावट

विराटनगर । आज सेयर बजार परिसूचक नेप्से सामान्य अङ्कले घटेको छ । हिजो उच्च अङ्कले बढेको नेप्से आठ दशमलव ३० अङ्कले घटेर दुई हजार सात सय ४८ दशमलव शून्य पाँच विन्दुमा झरेको हो । आज विकास बैंक, जीवन बीमा र लगानी बाहेक सबै समूहको सेयर घटेकोमा होटल, जलविद्युत्, उत्पादन, निर्जीवन बीमा समूहको सेयरमा उच्च गिरावट आएको छ । आज मानुषी लघुवित्त कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी र ...
धनपालथानमा विद्यार्थीहरूद्वारा कार्बन उत्सर्जन घटाउने विधि प्रदर्शन

धनपालथानमा विद्यार्थीहरूद्वारा कार्बन उत्सर्जन घटाउने विधि प्रदर्शन

विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको कदमाहस्थित जीवन विकास पब्लिक स्कुलमा कार्बन उत्सर्जन कम गर्ने विधिसहितको परियोजना प्रदर्शन गरिएको छ । स्कुलको थ्री जिरो क्लब र विद्यार्थीहरूले प्रदर्शनी गरेका हुन् । प्रदर्शनी हेर्न देशका विभिन्न स्थानबाट लघुवित्त वित्तीय संस्था, सहकारी संस्था र गैरसरकारी संस्थाका पदाधिकारीहरू उपस्थित थिए । जलवायु परिवर्तनको समस्या बढिरहेका बेला कार्बन उत्सर्जन कम गर्ने अ...
काठमाडौं विश्वकै प्रदूषित सहरको सातौँ स्थानमा 

काठमाडौं विश्वकै प्रदूषित सहरको सातौँ स्थानमा 

काठमाडौं । काठमाडौं विश्वकै प्रदूषित सहरहरूको सातौँ  स्थानमा परेको छ । काठमाडौँ विश्वको प्रदूषित सहरको सातौँ स्थानमा देखिएको छ । युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर)ले काठमाडौंलाई सातौँ स्थानमा देखाएको हो । आज दिउँसो १२ः१९ का काठमाडौं विश्वको प्रदूषित सहर सूचकाङ्कको सातौँ स्थानमा देखिएको हो । आईक्यूएयरका अनुसार आज सो समयमा काठमाडौंको वायु प्रदूषणको मात्रा १५५ ...
लागूऔषधसहित चार जना पक्राउ

लागूऔषधसहित चार जना पक्राउ

विराटनगर । कोशी प्रदेशका तीन जिल्लाबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो । लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ बाट शिवसताक्षी नगरपालिका-८ का २१ वर्षीय संजय राईलाई पक्राउ गरेको छ । उनको साथबाट तीन ग्राम दुई सय ८० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी का...
बाराको रामराजा क्याम्पस प्रमुख हत्याका मुख्य आरोपी पक्राउ

बाराको रामराजा क्याम्पस प्रमुख हत्याका मुख्य आरोपी पक्राउ

बारा । बाराको कलैयास्थित रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुसवाहाको हत्याका मुख्य आरोपी पक्राउ परेका छन् । आदर्शकोतवाल गाउँपालिका-२ का ४१ वर्षीय सुरेन्द्रप्रसाद कुसवाहालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनलाई हिजो विराटनगरबाट पक्राउ गरेर बारा लगिएको हो । २०८१ जेठ २ गते साँझ आदर्शकोतवाल गाउँपालिका-२ खजुरीया भन्ने ठाउँबाट कलैयातर्फ आउँदै गर्दा क्याम...
आचारसंहिता विपरितका प्रचार सामग्री हटाउन निर्वाचन कार्यालयको आग्रह

आचारसंहिता विपरितका प्रचार सामग्री हटाउन निर्वाचन कार्यालयको आग्रह

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि सडकमा राखिएका भड्किला प्रचार सामग्री हटाउन निर्वाचन कार्यालयले आग्रह गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ग्रामथानमा आचारसंहिताबारे आयोजना गरेको सर्वदलीय बैठकमा यस्तो आग्रह गरेको हो । मुख्य निर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले आचारसंहिता विपरितका ब्यानरहरू हटाउन आग्रह गरे । उनले निर्वाचनलाई स्वच्छ र मर्याद...
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले घटेको हो । आज सुन तोलामा एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा नौ सय बढेर सुन एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा ३० रुपैयाँ घटेर चाँदी एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा एक हजार आ...
उपनिर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि 

उपनिर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि 

विराटनगर । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । यो अवधिमा उम्मेदवारले मत माग्ने वा अरू कुनै पनि किसिममा प्रचारप्रसारका गतिविधि गर्न पाउँदैनन् । मतदान भन्दा ४८ घन्टा अगाडि मौन अवधि सुरु हुन्छ । ३७ जिल्लाका ४४ स्थानीय तहका विभिन्न रिक्त पदमा उपनिर्वाचन हुँदैछ । दुई जिल्ला समन्वय समिति प्रमुख, एक नगरपालिकाको प्रमुख, एक उपप्रमुख, दुई गाउँपालिका अध...
सहरी विकासमन्त्री सिंहलाई मेयर कोइरालाले भने : एडीबीको योजना छिटो अगाडि बढाइदिनुहोस्

सहरी विकासमन्त्री सिंहलाई मेयर कोइरालाले भने : एडीबीको योजना छिटो अगाडि बढाइदिनुहोस्

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भेटेर एडीबीको योजना छिटो अगाडि बढाइदिन आग्रह गरेका छन् । ड्रेन, सडक, प्रादेशिक बसपार्क, फोहोरमैला व्यवस्थापन लगायतका योजना छिटो अगाडि बढाइदिन उनले आग्रह गरेका हुन् ।  उपप्रधान तथा सहरी विकासमन्त्री सिंहले विराटनगरको विकासका लागि आफू गम्भीर रहेको बताएका थिए । राजनैतिक र आर्थिक क्रान्तिमा विर...
उर्लाबारीमा आठपहरिया समुदायले मनाए वाडाङमेट 

उर्लाबारीमा आठपहरिया समुदायले मनाए वाडाङमेट 

उर्लाबारी । मोरङको उर्लाबारी-९ मा रहेका अल्पसङ्ख्यक आठपहरिया समुदायले वाडाङमेट अर्थात् मंसिरे चाड मनाएका छन् । किरात आठपहरिया समाज मोरङ जिल्ला कार्यसमितिको आयोजनामा आफ्नो मुख्य पर्व वाडाङमेट मनाएका हुन् । हरेक वर्ष कार्तिक पूर्णिमादेखि १५ दिनसम्म यो पर्व मनाउने गरिन्छ । यस अवधिमा उनीहरू जन्म र मृत्युपछिको विभिन्न संस्कार सम्पन्न गर्छन् । उनीहरू वर्षभर मृत्यु भएका आफन्तको सम्झनामा सुनसरीको बराहक...
मोरङबाट २२ जना फरार प्रतिवादी पक्राउ

मोरङबाट २२ जना फरार प्रतिवादी पक्राउ

विराटनगर । मोरङका विभिन्न स्थानबाट २२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङ र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । विभिन्न मुद्दामा फरार रहेका उनीहरूलाई पक्राउ गरेर जिल्ला अदालत मोरङमा दाखिला गराएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
विराटनगर किङ्ग्सले एनपीएल जितेमा ३० लाख पुरस्कार दिने मुख्यमन्त्री कार्कीको घोषणा

विराटनगर किङ्ग्सले एनपीएल जितेमा ३० लाख पुरस्कार दिने मुख्यमन्त्री कार्कीको घोषणा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेमा ३० लाख पुरस्कार दिने घोषणा गरेका छन् । खेलाडीलाई बिदाइ गर्दै कार्कीले विजेता बनेको खण्डमा कोशी सरकारले ३० लाख दिने घोषणा गरेका हुन् । मुख्यमन्त्री कार्कीले खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको बताए । उनले   क्रिकेटबाट राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय ...
मोटरसाइकल दुर्घटनामा घाइते पाख्रीबासका कटुवालको उपचारका क्रममा मृत्यु

मोटरसाइकल दुर्घटनामा घाइते पाख्रीबासका कटुवालको उपचारका क्रममा मृत्यु

धनकुटा । मोटरसाइकल दुर्घटनामा घाइते भएका धनकुटाको पाख्रीबास नगरपालिका–३ का रिजन कटुवालको मृत्यु भएको छ । विराट टिचिङ अस्पताल विराटनगरमा उपचारका क्रममा १८ वर्षीय कटुवालको आज मृत्यु भएको हो । मंसिर १० गते पाख्रीबास नगरपालिका–९ उत्तरपानीस्थित हिले–छिन्ताङ सडक खण्डमा को ३० प ८८७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कटुवाल घाइते भएका थिए । गम्भीर घाइते उनलाई उपचारका लागि विराटनगर पुर्याइएको थियो । उपचा...
पथरीको पञ्चायत माविमा नगरस्तरीय उत्प्रेरणा कार्यक्रम हुने

पथरीको पञ्चायत माविमा नगरस्तरीय उत्प्रेरणा कार्यक्रम हुने

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका-१ स्थित पञ्चायत माध्यमिक विद्यालयमा तीन दिने पि.टि. (फिजिकल ट्रेनिङ) प्रशिक्षण कार्यक्रम हुने भएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भोलिबाट प्रशिक्षण कार्यक्रम हुन लागेको हो । नगरभित्रका २८ वटा सामुदायिक विद्यालय, विद्यालय व्यवस्थापन समिति, प्रशासन, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकलाई एक ठाउँ राखेर कार्यक्रम गर्ने जनाइएको छ । क...
झापामा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापामा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा । झापामा बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बिहान शिवसताक्षी नगरपालिका-१ स्थित कमल पुलमा बोलेरोले मोटरसाइकललाई ठक्कर दिएको थियो । बोलेरोको ठक्करबाट मोटरसाइकल चालक शिवसताक्षी-८ का ३५ वर्षीय ललितबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका थापाको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ ज...
सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

विराटनगर । आज सुनको मूल्य बढेको छ । दुई दिनमा १८ हजार पाँच सय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा नौ सय बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ४९ हजार छ सय रुपैयाँ कायम भएको छ । हिजो तोलामा दुई हजार छ सय रुपैयाँ घटेर सुन एक लाख ४८ हजार सात सय रुपैयाँ कायम भएको थियो । अस्ति एकै दिन १५ हजार नौ सय रुपैयाँ घटेको सुन तोलामा एक लाख ५१ हजार तीन सय रुपैयाँमा...
उपनिर्वाचन : ग्रामथानको लागि आवश्यक निर्वाचन सामग्री आइपुग्यो

उपनिर्वाचन : ग्रामथानको लागि आवश्यक निर्वाचन सामग्री आइपुग्यो

विराटनगर । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन सामग्री विराटनगर आइपुगेको छ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि सामाग्री प्रदेश निर्वाचन कार्यालय विराटनगरमा आइपुगेको हो । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीका अनुसार बिहिबार मतपत्र र मतपेटिकालगायतका आवश्यक सामग्री मतदान केन्द्रमा लगिने छ । उपनिर्वाचनका लागि ग्रामथानमा २६ हजार ४४ ...
सामाजिक सुरक्षा कोषले विराट मेडिकल कलेजलाई गर्यो सम्मान

सामाजिक सुरक्षा कोषले विराट मेडिकल कलेजलाई गर्यो सम्मान

विराटनगर । सातौं सामाजिक सुरक्षा दिवसको अवसर पारेर सामाजिक सुरक्षा कोषले आज मोरङको बुढिगंगास्थित विराट मेडिकल कलेज शिक्षण अस्पताललाई सम्मान गरेको छ । स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमध्ये आर्थिक बर्ष २०८०/०८१ मा कोशी प्रदेशबाट सबैभन्दा धेरै बिरामीलाई सामाजिक सुरक्षा कोष अन्तर्गत स्वास्थ्य सेवा उपलब्ध गराएबापत कोषले विराटलाई सम्मान गरेको हो । दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्...
कोशीका तीन जिल्लाबाट लागूऔषधसहित आठ जना पक्राउ

कोशीका तीन जिल्लाबाट लागूऔषधसहित आठ जना पक्राउ

विराटनगर । झापा, मोरङ र सुनसरीबाट लागूऔषधसहित आठ जना पक्राउ परेका छन् । हिजो विभिन्न स्थानबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोष्ट बाह्रघरेबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-७ का ३८ वर्षीय सन्देश बस्नेतलाई घरबाट नै पक्राउ गरेको छ । ट्रामाडोल चार हजार नौ सय ३० क्याप्सुल, स्पास्पेन पाँच हजार २६ क्याप्सुल र डिक...
error: Content is protected !!