संगालोखबर

विराटनगर । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । तिहारपछि सुनको भाउ एकैपटक तोलामा ११ हजार ६ सय रुपैयाँ घटेर प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Advertisement

कात्तिक ३ गते प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य तिहारका कारण त्यसयता पहिलो पटक आज समायोजन गरिएको हो । गत असोज ३१ गते सुन र चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यो दिन सुनको भाउ प्रतितोला २ लाख ५८ हजार र चाँदीको भाउ प्रतितोला ३ हजार ३ सय ५० रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ पनि आज प्रतितोला २ सय ६५ रुपैयाँले घटेको छ । तिहारअघि प्रतितोला ३ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!