
विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद भीम पराजुलीले हिन्दु राष्ट्रको माग गर्दै छठमा दण्ड प्रणाम यात्रा गरेका छन् ।
आज बिहान करिब १० बजे विराटनगर महानगरपालिका-३ ठुलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै उनले दण्ड प्रणाम यात्रा शुरु गरेका हुन् ।
विराटनगर महानगरपालिकाका पूर्व मेयरसमेत रहेका पराजुलीको यो २८ औं दण्डप्रणाम यात्रा हो । बौद्ध, किराँतसहितको वैदिक सनातन हिन्दु राष्ट्र, लोक कल्याण, विश्व शान्ति, राष्ट्रहित र धर्म रक्षाका लागि व्रत बसेको पराजुलीको भनाइ छ ।
ठूलो मिल चोकबाट शुरु भएको दण्ड प्रणाम यात्रा सिंघिया खोलामा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन हुनेछ । यस्तै भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ ।

संगालोखबर 













