
विराटनगर । कोशी प्रदेशका पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं मन्त्रालयका सहसचिव गरी ३६ जनाको सरुवा गर्दा कोशीका पाँच जिल्लाका सीडीओ फेरिएका हुन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको सरुवा भएको छ । मोरङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा युवराज कट्टेल आएका छन् । यादवलाई महोत्तरी पठाइएको छ ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईँटेलको धनुषा सरुवा भएको छ । बाँकेमा कार्यरत प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई उदयपुर पठाइएको छ ।
रौतहटमा कार्यरत विनोद कुमार खड्कालाई धनकुटाको प्रजिअमा सरुवा गरिएको छ । सुनसरीमा बासुदेव घिमिरे आएका छन् भने झापामा शिवराम गेलाललाई पठाइएको छ ।




संगालोखबर 













