संगालोखबर
फाइल तस्बिर

विराटनगर । मोरङमा राति १० बजेपछि देउसी-भैलो खेल्न रोक लगाइएको छ । सार्वजनिक शान्ति र सुरक्षालाई ध्यानमा राख्दै राति १० बजेपछि देउसी-भैलो खेल्न नपाइने व्यवस्था गरिएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले देउसी-भैलोका क्रममा विस्फोटक पदार्थ वा पटका नपड्काउन पनि अनुरोध गरेका छन् । उनले कानून विपरीतका गतिविधि गरेको पाइएमा  कारबाही हुने चेतावनी समेत दिएका छन् ।

Advertisement

यस्तै शङ्कास्पद गतिविधि गरेको पाइएमा तत्काल १०० मा फोन गरेर प्रहरीलाई जानकारी गराउन पनि आग्रह गरिएको छ । चाडवाडको बहानामा धार्मिक, जातीय वा सामाजिक सद्भावमा खलल पुर्याउने कुनैपनि गतिविधि साथै मनोरञ्जनको नाममा गैर कानूनी रूपमा चिठ्ठा, जुवातास, कौंडा, लङ्गुरबुर्जा, सट्टाबाजीजस्ता कानूनले निषेध गरेका क्रियाकलापहरू नगर्ने र नगराउन पनि आग्रह गरिएको छ ।

चाडपर्वको समयमा सवारी साधनको क्षमता भन्दा बढी यात्रुहरु नबोक्ने, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउने, तोकिएको भाडादरभन्दा बढी भाडा नलिने, ट्राफिक नियमको पालना गर्ने र गराउन आग्रह गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!