संगालोखबर
फाइल तस्बिर

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी काँग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा आज सिंगापुर जाने भएका छन् । आज राति १० बजे सिंगापुर एयरलाइन्सबाट देउवा दम्पती उपचारका लागि सिंगापुर जाने भएका हुन् ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते देउवा दम्पती बूढानीलकण्ठस्थित आफ्नै निवासमा कुटिएका थिए । कुटपिटबाट घाइते भएका उनीहरूले छाउनीस्थित सैनिक अस्पतालमा करिब एक महिना उपचार गराएका थिए । देउवाको गर्दनमा १२ टाँका लगाइएको थियो ।

Advertisement

जेनजी आन्दोलनमा कुटपिट भएपछि असोज २८ गते मात्रै देउवा दम्पती सार्वजनिक भएका थिए । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!