
विराटनगर । पूर्वी नेपालमा भूकम्प गएको छ । सङ्खुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती क्षेत्र संखुवासभाको किमाथांका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

संगालोखबर 













