संगालोखबर


काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि सनाखत गरेका छन् । साङपाङले आज बिहान आयोगमा पुगेर दल दर्ता प्रक्रियाका लागि सनाखत गरेका हुन् ।

यसअघि श्रम संस्कृति पार्टी दर्ताका लागि आयोगमा निवेदन पेश भएकोमा आयोगले सनाखत गर्न बोलाएपछि साङपाङ पुगेका हुन् । आयोजक अनुसार उक्त पार्टीका पदाधिकारी तथा केन्द्रीय समितिका सदस्यले दल दर्ता प्रक्रियाका लागि सनाखत गरिरहेका छन् ।

Advertisement

केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यले आयोगमा पुगेर सनाखत गरे पनि साधारण सदस्यलाई सनाखत गर्नका लागि भने सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा विवरण पठाइएको छ ।

उनीहरूले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्नेछन् । त्यसपछि आयोगको बैठक बसेर दल दर्ता गर्ने निर्णय गर्नेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!