
विराटनगर । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज एकैदिन प्रतितोला चार हजार आठ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ५३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च भएको थियो । सो दिन सुन प्रतितोला दुई लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला तीन हजार दुई सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला तीन हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













