
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई हजार रुपैयाँले घटेको हो ।
महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ३९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला दुई लाख ४१ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर दुई हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













