संगालोखबर
सांकेतिक तस्बीर

सप्तरी । सप्तरीमा गोली हानेर पुजारीको हत्या भएको छ । बोदेबर्साइन नगरपालिका-८ काचनको रजकपट्टीस्थित कबीर बाबा मन्दिरका पुजारीको आज बिहान हत्या भएको हो ।

७३ वर्षीय पुजारी रामदुलार साहको बिहानको राति करिब २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए ।

Advertisement

अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युमा गोली प्रहार गरेका हुन् । घटनास्थलबाट दुईवटा गोलीका खोका फेलापरेको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!