संगालोखबर


सुनसरी । सुनसरीबाट गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सुपौल किसनपुर पञ्चायत-६ का २० वर्षीय मोहमद इम्तियाज मिया छन् ।

सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार बुधबार बिहानको राति करिब १ः३० बजे प्र १-०२-००३ ह ८७०५ नम्बरको सिटी सफारीबाट गाँजा सहित उनलाई पक्राउ पक्राउ गरिएको हो ।

Advertisement

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कोशी गाँउपालिका-५ वडा कार्यालय नजिक चेकजाँच गर्ने क्रममा सिटी सफारी चालक फरार भएका छन् । मिया सफारीमा सवार रहेको अवस्थामा पक्राउ गरिएको डीएसपी खतिवडाले जानकारी दिए ।

गाँजासहित पक्राउ परेका मियालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!