
विराटनगर । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका एक कैदी संखुवासभाबाट पक्राउ परेका छन् । जबरजस्ती करणीको मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका खाँदबारी-८ का २७ वर्षीय विवेक विश्वकर्मा पक्राउ परेका हुन् ।
उनी भदौ २३ र २४ गते देशभर चलेको ‘जेनजी आन्दोलन’ को मौका छोपी ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका थिए । त्यसयता विश्वकर्मा लुकिछिपी बस्दै आएको खुलेको थियो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको विशेष टोलीले गोप्य सूचनाका आधारमा आज उनलाई पक्राउ गरेको हो । उनलाई कानुनी कारबाही अघि बढाइएको र कारागार प्रशासनसँग समन्वय गरी पुनः नख्खु कारागार पठाइने तयारी थालिएको छ ।

संगालोखबर 













