
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला दुई हजार नौ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला दुई लाख ३९ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँ घटेर दुई हजार नौ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













