संगालोखबर
साङ्केतिक तस्बिर

सुनसरी । सुनसरीमा डाइस खेल्ने क्रममा दुई पक्षबीच झडप हुँदा ८ जना घाइते भएका छन् । आइतबार साँझ हरिनगर गाउँपालिका-१ भुटाहा बजारमा दुई पक्षबीच सुरु भएको सामान्य विवादले ठूलो रूप लिँदा दुई पक्षबीच दोहोरो झडप भएको हो ।

झडपमा दुवै पक्षका ११ जना घाइते भएका सुनसरी प्रहरीले जनाएको छ । प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

Advertisement

घाइते हुनेमा स्थानीय २६ वर्षीय चन्दन सदा, ५० वर्षीय पचुवा मलहा सदा र ४० वर्षीय राजु दास रहेका छन् । यस्तै २५ वर्षीय राजा सिद्दिकी, २० वर्षीय सोहेल अन्सारी, २४ वर्षीय साजिर सिद्दिकी, ५२ वर्षीय अजमल हुसेन र २३ वर्षीय फैजान अन्सारी रहेका छन् ।

घाइतेहरूको विराटनगरको नोबेल र गोल्डेन अस्पताल तथा स्थानीय हरिनगर स्वास्थ्य चौकीमा उपचार भैरहेकोमा केहीको डिस्चार्ज भइसकेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।

‘डाइस खेल्दा हार्ने र जित्ने पक्षबीच भएको विवादले ठूलो रूप लिँदा झडप भएको खुलेको छ’, उनले संगालोखबरसँग भने, ‘अहिले अवस्था सामान्य भइसकेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!