संगालोखबर


विराटनगर । सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएकी पालिका कर्मचारीको मृत्यु भएको छ । इलामको सूर्याेदय नगरपालिकाकी कार्यालय सहयोगी रूपा राईको मृत्यु भएको हो ।

गत शनिबार कार्यालयबाट घर फर्किने क्रममा उनी चढेको अटोलाई पिकअप भ्यानले ठक्कर दिएको थियो । शनिबार सार्वजनिक बिदा भए पनि विपद्को कामलाई सहजीकरण गर्न राई कार्यालय पुगेकी थिइन् ।

Advertisement

दुर्घटनामा गम्भीर घाइते भएकी राईको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ । पिकअप चालक ४० वर्षीय तारा बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!