विराटनगरमा विद्यालय स्तरीय छैठौं बास्केटबल प्रतियोगिता हुँदै
विराटनगर । विराटनगरमा विद्यालय स्तरीय ‘एक्सपर्ट छैठौं बास्केटबल कप’ हुने भएको छ । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
एकेडेमीले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै साउन २३ गतेदेखि भदौ २१ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको छ । प्रतियोगितामा छात्रातर्फ ८ तथा छात्रतर्फ ९ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
छात्रातर्फ सेन्टमेरिज स्कुल, बालकल्याण विद्यामन्दिर, अरनिको माध...




























