संगालोखबर


काठमाडौं । हमासद्वारा इजरायलमा मारिएका विपिन जोशीको शव भोलि नेपाल आइपुग्ने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार विपिनको शव सोमबार साढे २ बजे नेपाल आइपुग्नेछ ।

उनको शव नेपाल आएपछि सरकारको तर्फबाट श्रद्धाञ्जली कार्यक्रम गरिने भएको छ । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत विपिन जोशी इजरायल गएका थिए । सन् २०२३ अक्टोबर ७ मा हमासले इजराइलमाथि आक्रमण गर्दा विपिन हमासको कब्जामा परेका थिए ।

Advertisement

जहाँ १० नेपालीको ज्यान गएको थियो । ती १० नेपालीको शव त्यतिबेलै नेपाल ल्याइएको थियो । विपिन हमासको कब्जामा रहेको थाहा पाएपछि रिहाइका लागि नेपालले निकै प्रयास गरेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!