
विराटनगर । कोशी प्रदेश सभा सदस्य एवं विराटनगरका पूर्वमेयर भीम पराजुलीले यस पटक पनि दण्डप्रणाम गर्दै सिंघिया घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिने भएका छन् ।
हरेक वर्ष छठको व्रत बस्दै आएका पराजुली आज बिहान १० बजे पोखरिया ठूलो मिलस्थित शिव पञ्चायन मन्दिरबाट दण्डप्रणाम गर्दै सिंघिया घाट जाने भएका हुन् ।
बौद्ध, किरातसहितको वैदिक सनातन हिन्दु राष्ट्र, लोक कल्याण, विश्व शान्ति, राष्ट्रहित र धर्म रक्षाको कामना गर्दै ब्रत बसेको पराजुलीले जानकारी दिएका छन् ।
पराजुलीले दण्डप्रणाम गर्दै करिब तीन किलोमिटरको दूरी घिस्रिएर पार गर्नेछन् । उनले छठ पर्वमा हरेक वर्ष यसरी नै दण्डप्रणाम गर्दै आएका छन् । पराजुलीको यो २८ औं दण्डप्रणाम हो ।

संगालोखबर 













