संगालोखबर
फाइल तस्बिर

विराटनगर । तराई मधेशमा मनाइने छठ पर्व आजदेखि शुरू भएको छ । पारिवारिक सुख–समृद्धि र सन्तानको कल्याणको कामनासहित छठ पर्व मनाउने गरिन्छ ।

चार दिनसम्म मनाइने छठपर्व अन्तर्गत पहिलो दिन आज बेलुका ‘नहाय–खाए’ गरिँदैछ । दोस्रो दिन भोलि दिनभरि उपवास बसी रातमा ‘खीर’ बनाई देउतालाई चढाएर खाने गरिन्छ । यो विधिलाई ‘खरना’ भनिन्छ ।

Advertisement

त्यस्तै, मुख्य दिन सोमवार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटोलगायत सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र बेलुका अस्ताउने सूर्यलाई अघ्र्य दिइन्छ । यस्तै, छठपर्वको अन्तिम दिन मङ्गलवार विहान उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएर यो पर्वको समापन हुन्छ ।

मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि तराई मधेशका घाटहरू–गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको छ ।

छठ पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्नेहरूको बजारमा भीड लागेको छ । बजारमा बाँसबाट र माटोबाट बनेका सामग्रीहरू घैँटो, हात्ती, टोकरी, नाङ्लो, कनसुपतीलगायतको बिक्री भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!