सिरहामा अपहरणपछि बालकको हत्या, आफन्त र छिमेकीसहित ८ जना पक्राउ
सिराहा । सिरहाको गोलबजार नगरपालिका-१३ भेल्हा डंगराहाका १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या भएको खुलेको छ । आज बिहान घरभन्दा केही पर रहेको आँप बगैँचामा बालकको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार अभिषेक गत आइतबार राति ८ बजे बेपत्ता भएका थिए । परिवारले रातभरि खोजतलास गर्दा पनि उनी फेला परेनन् ।
सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा अपहरण भएको र फिरौती म...






























