मोरङले जित्यो प्रथम कोशी प्रदेश कुस्ती प्रतियोगिताको उपाधि
विराटनगर । झापाको गौरादहमा सम्पन्न प्रथम कोशी प्रदेश स्तरीय कुस्ती प्रतियोगिताको उपाधि मोरङले जितेको छ । गौरादह कभर्ड हलमा भएको प्रतियोगितामा विभिन्न तौल समूहमा ९ पदकसहित मोरङले उपाधि जितेको हो ।
प्रतियोगितामा ५ पदकसहित झापा दोस्रो र ३ पदकसहित सुनसरी तेस्रो भएको छ । प्रतियोगितामा महिलातर्फ मोरङले विभिन्न तौल समूहमा ५ पदक जितेको हो । मोरङका लागि ५० केजी तौलमा चानमुनी हेमरम, ५५ केजीमा सुनिता कुमा...


























